Website Logo Name of the website Website Link Date
img सूचना हकको कसीमा राजनीतिक दल

विश्वका धेरै देशमा नभएको तर नेपाल लगायत केही देशहरूमा मात्र रहेको सूचनाको हकका लागि सार्वजनिक निकायको परिभाषा भित्र राजनीतिक दलहरूलाई राखिएको छ । मलाई लाग्छ, सूचनाको हक सम्बन्धी कानून बनाउने बेलाका विधि निर्माणकर्ताहरूले सोचविचार गरेर नै यो व्यवस्था राखेको मान्नुपर्दछ ।

शासन पद्धतिका हिसाबबाट देशको शासन सञ्चालन गर्ने मुख्य जिम्मेवारी राजनीतिक दलका निर्वाचित प्रतिनिधिहरूको हुने गर्दछ । सूचनाको हक संविधान वा कानूनका किताबहरूमा लेखेर मात्र हुने विषय होइन, यसको प्रभावकारी कार्यान्वयनका लागि जननिर्वाचित प्रतिनिधिहरू जबसम्म मन, वचन र कर्मले प्रतिबद्ध हुँदैनन्, तबसम्म सम्भव देखिंदैन, अहिलेसम्मको अनुभवले यही भन्दछ ।

: 7 months ago