img

‘माग्ने राजा’ अस्ट्रेलियाका २५ हलबाट प्रदर्शनमा आउँदै

: 7 months ago

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘माग्ने राजा’ अस्ट्रेलियामा २५ हलबाट प्रदर्शनमा आउने भएको छ ।

त्यहाँको वितरण अधिकार लिएका थ्रि-केजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले ती हलमा १०० शोसहित फिल्म प्रदर्शनमा आउन लागेको जनाए ।

ती हलमा अग्रिम टिकट विक्री पनि सुरु भएको प्रेषित विवरणमा जनाइएको छ । अग्रिम टिकट विक्री सुरुवाती चरणमा रहेको र प्राप्त शोजको आधारमा राम्रो व्यापार गर्ने अनुमान रहेको वितरक गोविन्द भण्डारीले बताए ।

दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले हाइपलाई मध्येनजर गरेर पर्याप्त शोसहित फिल्म रिलिज गर्न लागेको जानकारी दिइन् । उनका अनुसार त्यहाँ लामो समयपछि नेपाली फिल्म हलमै रिलिज हुन लागेको हो ।